इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलले स्पेनिस मिडफिल्डर थियागो अल्कान्टारालाई भित्र्याएको छ । जर्मन क्लब वायर्न म्युनिखबाट २० मिलियन पाउन्डमा उनी चार वर्षका लागि लिभरपुलमा आबद्ध भएका हुन् ।
उनले थप ५ मिलियन पाउन्ड लिभरपुलको प्रिमियर लिग र च्याम्पियन्स लिग हात पारेको सफलताको आधारमा प्राप्त गर्न सक्नेछन् । सन् २०१३ मा उनी स्पेनिस क्लब बार्सिलोनाबाट वायर्नमा आबद्ध भएका थिए । वार्यनले सिजनमा च्याम्पियन्स लिगको उपाधि जित्दा उनी महत्वपूर्ण सदस्य थियो ।
लिभरपुलमा आबद्ध भएसँगै अब उनले ६ नम्बरको जर्सी लगाउनेछन् । थियागो लिभरपुलले यो विन्डोमा सम्झौता गरेका दोस्रा खेलाडी हुन्। यसअघि लिभरपुलले लेफ्ट ब्याक कोस्टाससँग सम्झौता गरेको थियो ।
बार्सिलोनाबाट वायर्नमा आबद्ध हुनुअघि उनले सन् २०१३ मा दुई ला लिगा जितेका थिए । वायर्नमा रहदा उनले सात पटक बुन्डेस लिगा र एक पटक च्याम्पियन्स लिग जिते ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।