काठमाडौँ, असार ३ गते आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आइतबार नेपालले दुई सय रन पूरा गरेको छ ।
नेपालले ३८.२ ओभरमा केवल दुई विकेट गुमाएर दुई सय रन पूरा गरेको हो । नेपालका लागि कुशल मल्ल १६ र कप्तान रोहित पौडेल ११ रन बनाउँदै क्रिजमा छन् । नेपाललाई यसअघि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखले गतिलो सुरुआत दिलाएका थिए ।
कुशल ९९ रनमा आउट भएका थिए । कुशलले ९५ बलको सामना गरी दुई छक्का र १३ चौका हिर्काएका थिए । अर्का ओपनर आसिफले टोलीका लागि ६६ रनको योगदान गरेका थिए ।
दोस्रो विकेटका रुपमा पेभेलियन फर्किनुअघि उनले एक सय बलको सामना गरी सात चौका हिर्काएका थिए । घरेलु टोली जिम्बाबेले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।