काठमाडौं, जेठ ३२ गते आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा ओमानले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ ।
जिम्बावेको हरारे स्पोट्र्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै २६७ रनको योगफल बनायो । ओमानका लागि कप्तान जिशान मकसुदले सर्वाधिक १०६ बलमा १०९ रनको योगदान दिए भने सोयब खानले ६८ बलमा ३८ रन जोडे । आयान खानले खानले ४६ बलमा ५६ रन, सन्दीप गोडीले ३१ बलमा १५ रन र नसिम खुसिले ९ बलमा १७ रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामी एक्लैले पाँच विकेट लिए । साथै सन्दीप लामिछानेले तीन,करण केसी र प्रतिश जिसीले १÷१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ । विश्वकप छनोट अन्तर्गतको नेपालले पहिलो खेल आगामी असार ३ गते घरेलु टोली जिम्बाबेसँग खेलनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।