काठमाडौं, जेठ ३२ गते विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत लाखौँ रुपैयाँ लिएको आरोपमा पक्राउ ८ जना कलाकारविरुद्ध प्रहरीले चार दिनको म्याद लिएको छ । आज काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालतबाट चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति लिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज कलाकारहरु राजु पौडेल (राजु मास्टर),मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे)भटभटे माइला (बेगम नेपाली),पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई पक्राउ गरेको हो । युट्युबर अलिस राई,जलन घर्ती मगर र गणेश देवकोटालाई पनि राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी डा .मनोज केसीले बताए ।
उनीहरुले बेटिङलाई प्रमोशन गरेको आरोप प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले आफ्नो स्वामित्वका फेसबुक पेज र यु्ट्युबमार्फत अनलाइन बेटिङको प्रवर्द्धन गरेको पाइएको छ । पक्राउ पछि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा कारबाही प्रकिया अघि बढाउन पठाएपछि अदालतमा उपिस्थित गराइएको हो ।
प्रहरीले वानएक्स बेटमार्फत करोडौंको सट्टेवाजी भएको अनुसन्धानबाट खुल्न आएको बताएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।