बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी प्रदेशमा मध्यम वर्षाको सम्भावना, गर्मी भने कायमै

यी प्रदेशमा मध्यम वर्षाको सम्भावना, गर्मी भने कायमै

  • 985
    SHARES

  • यी प्रदेशमा मध्यम वर्षाको सम्भावना, गर्मी भने कायमै

    हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।  आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

    राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाका बाबजुद देशका अधिकांश भू-भागमा गर्मी कायमै रहने महाशाखाले जनाएको छ ।  

    बुधवार, जेठ ३१ २०८००६:२१:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार