बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

३५ अर्ब बराबरको बजेट ल्याउँदै मधेस प्रदेश सरकार

३५ अर्ब बराबरको बजेट ल्याउँदै मधेस प्रदेश सरकार

  • 946
    SHARES

  • ३५ अर्ब बराबरको बजेट ल्याउँदै  मधेस प्रदेश सरकार

    काठमाडौँ,जेठ २९ गते,मधेस प्रदेश सरकारमा आगामी आर्थिक वर्ष २०८०८१ का लागि ल्याउने बजेटको तयारी अन्तिम चरणमा पुगेको छ ।

    प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो । प्रदेश सरकार अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईका अनुसार सरकारले आगामी आवका लागि करिब ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

    'चालु वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने भएको छ,उनले भने, प्रदेश सरकारको २० अर्ब र सङ्घीय सरकारले दिने १५ अर्ब गरी करिब ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको छ ।

    सबै मन्त्रालयलाई पठाइएको बजेट सिलिङ र मार्गनिर्देशनको आधारमा बजेट निर्माण हुने उनको भनाइ छ । अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा छ । सङ्घ सरकारले आगामी आवका लागि २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने भएको हो,अर्थ सचिव भट्टराईले भने,चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो ।

    गत मङ्गलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा एक सय ८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन संसदमा छलफल भइ गत शुक्रबार सर्वसम्मतिले पारित भइसकेको छ । 

    सोमवार, जेठ २९ २०८०१२:५२:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार