काठमाडाैँ,जेठ २८ गते एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित जस्तै भएको छ । पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भनेपछि प्रतियोगिता अन्योलमा परेको थियो ।
एसियन क्रिकेट काउन्सिलले एसिया कप पाकिस्तान र श्रीलङ्का गर्ने लगभग निश्चित जस्तै भइसकेको जनाएको छ । प्रतियोगिताका १३ मध्ये करिब पाँच वटा खेलहरू पाकिस्तानमा र बाँकी खेलहरू श्रीलङ्का आयोजना हुने गरी समस्या समाधान गरिएको हो । श्रीलङ्कामा हुने खेलमा भारत सहभागी हुनेछ ।
१ देखि १७ सेप्टेम्बरभित्र हुने प्रतियोगिताबारे एसीसीले केही दिनमै औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।