बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

  • 931
    SHARES

  • ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

    काठमाडौं, नेपाल सरकारले मिटर ब्याज जाँचबुझ आयोग गठन गरे यता मधेस प्रदेशका ८ वटा जिल्लामा १८ हजार ९१ वटा उजुरीहरू दर्ता भएका छन् । गृह मन्त्रालय दिएको तथ्यांक अनुसार मिटर ब्याजसम्बन्धमा ७ जना पक्राउ परेका हुन् ।

    जेठ २६ गतेसम्मको तथ्यांकअनुसार बारा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा बढी ३ हजार ३२२ वटा मुद्दा दर्ता भएका छन् ।  पर्सामा १ हजार ३२१ वटा, रौतहटमा २ हजार ५८, सर्लाहीमा १ हजार ९२० वटा, महोत्तरीमा २ हजार ३३६ वटा, धनुषामा २ हजार ६१५ वटा, सिरहामा २ हजार ९२० वटा तथा सप्तरीमा १ हजार ५७९ वटा मुद्दा दर्ता भएका छन् ।

    कूल उजुरीमध्ये १३९ वटा छलफलमा रहेका छन् भने १२६ वटा मिलापत्र भएका छन् । धनुषा र सप्तरीमा २ जनाविरुद्ध मुद्दा दर्ता पनि गरिएको छ । ३ जना पुरुष र ४ जना महिला पक्राउ पनि परको छन् । अझै १५ हजार ९६१ मुद्दा फर्स्योट हुन बाँकी  छ ।

    सरकारले गत वैशाख १७ गते आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरेको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोगको केन्द्रीय कार्यालय उद्घाटन गर्दै कार्यालय स्थापना गरेका थिए । 

    यस आयोगमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की अध्यक्ष छन् । पूर्व नायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्व एआइजी उत्तमराज सुवेदी सदस्य छन् । 

    meter

    शनिवार, जेठ २७ २०८००२:०८:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार