काठमाडौं, जेठ २१ म्यानमारमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप दोस्रो चरणको छनोट खेलका लागि नेपाली टोलीको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आइतबार टोलीको बिदाइ गरेको हो । नेपाल छनोट खेलको समूह ‘बी’ मा छ । यस समूहमा नेपालसहित चीन, म्यानमार र चाइनिज ताइपेइ छ । समूह ‘ए’ मा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान छन् ।
नेपालले जुन ६ मा आयोजक म्यानमारसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नपाले समूहको दोस्रो खेल जुन ८ मा चीन तथा अन्तिम खेल जुन १० मा चाइनिज ताइपेइसँग खेल्नेछ । नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो । दोस्रो चरणको छनोट खेलको उत्कृष्ट चार टोलीले उज्बेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्न पाउनेछ ।
नेपाली टोली
गोलरक्षक : कविता विक, लीला जोशी र सावित्री किसान
रक्षक : सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ
स्ट्राइकर : अमिषा कार्की, ममता पुन, गरिमा राई र सदिपा भोलन ।
मिडफिल्डर : सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी र सारा बज्राचार्य
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।