बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सेन्ट एटियन लिग वानको शीर्ष स्थानमा

सेन्ट एटियन लिग वानको शीर्ष स्थानमा

मेगा खबर संवाददाता

२, आश्विन २०७७
  • 7.1K
    SHARES

  • सेन्ट एटियन लिग वानको शीर्ष स्थानमा

    मार्से — लिग वानमा सेन्ट एटियनले बिहीबार मार्सेलीलाई २–० ले हराएको छ । एटियनका लागस  रोमन हामोमा र डेनिस बोनगाले एकरएक गोल गरे । सन् १९७९ यता सेन्ट एटियनले मार्सेलाई उसकै घरमा हराएको यो पहिलो पल्ट हो ।

    आन्द्रे भिलास बोएको टिमका लागि हार ठूला धक्काका रूपमा रहेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको खेलमा झगडाका कारण रातो कार्ड पाएका कारण मार्सेलीका लागि दुई प्रमुख खेलाडी फरवार्ड डारियो बेनेडेटो र लेफ्ट ब्याक जोर्डन अमाभीले सेन्ट एटियनविरुद्ध खेल्न पाएन् ।

    यसले मार्से टिम कमजोर देखिएको थियो । स्टेड भलोड्रोममा हजार दर्शकलाई भने प्रवेश दिइएको थियो । यो जितपछि सेन्ट एटियन लगातार तेस्रो जित निकाल्नै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन पनि सफल भएको छ । उसको तीन खेलबाट नौ अंक छ ।

    शुक्रवार, आश्विन २ २०७७०७:१०:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार