काठमाडौँ, जेठ १६ गते क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा न्यायाधीश शंकर बहादुर राईको इजलासमा सुनुवाइ हुनेछ । जिल्ला अदालत काठमाडौँको इजलास नम्बर–१८ मा न्यायाधीश राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ ।
लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुनेछ । २०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । काठमाडौँ जिल्ला अदालतले यसअघि उनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको थियो ।
असोज २० मा पक्राउ परेका सन्दीप नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई असोज २० मा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी समेत दिएकी थिइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।