बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

साविक विजेता गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश

साविक विजेता गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश

  • 871
    SHARES

  • साविक विजेता गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश

    साविक विजेता गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । टोलीले क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गरेको हो । 

    यस जितका नायक शुभमन गिल (६० बलमा १२९ रन) र मोहित शर्मा (१० रनमा ५ विकेट) थिए । गिलले सिजनको तेस्रो शतक प्रहार गरे । उनी प्लेअफमा शतक बनाउने सबैभन्दा कान्छो ब्याट्सम्यान बने भने गुजरात लगातार दुई सिजन फाइनलमा पुग्ने तेस्रो आईपीएल टोली बनेको छ ।

    अहमदाबादको पीएम नरेन्द्र मोदी स्टेडियममा शुक्रबार राति भएको खेलमा मुम्बईले टस जितेर फिल्डिङ रोजेको हो । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २३३ रन बनाएको थियो । जवाफमा मुम्बई १८.२ ओभरमा १७१ रनमा अलआउट भयो ।

    गुजरातको टोलीले अब मे २८ मा त्यही मैदानमा एमएस धोनीको चेन्नईसँग फाइनल खेल खेल्नेछ,यदि पाण्ड्याले धोनीलाई हराउन सफल भए भने जीटी लगातार दोस्रो उपाधि जित्ने आईपीएल इतिहासमा तेस्रो टोली बन्नेछ । 

    शनिवार, जेठ १३ २०८००६:४८:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार