बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्पेनिस क्लब रियल म्याड्रिड र म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको पहिलो लेगमा बराबरी

स्पेनिस क्लब रियल म्याड्रिड र म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको पहिलो लेगमा बराबरी

मेगा खबर संवाददाता

२७, बैशाख २०८०
  • 823
    SHARES

  • स्पेनिस क्लब रियल म्याड्रिड र म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको पहिलो लेगमा बराबरी

    काठमाडौं, वैशाख २७

    स्पेनिस क्लब रियल म्याड्रिड र म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको पहिलो लेगमा बराबरी खेलेका छन् । रियलको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रियल र सिटी १-१ गोलको बराबरीमा रोकिए । 

    प्रतिस्पर्धात्मक खेलमा रियलका लागि भिनिसियस जुनियरले गोल गरे । सिटीका केभिन डे ब्रुयनले बराबरी गोल फर्काए । खेलमा सुरुवाती अग्रता रियलले लिएको थियो ।

    भिनिसियसले ३६औं मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । दोस्रो हाफमा खेलमा फर्किएको सिटीले ६७औं मिनेटमा बराबरी गोल फर्काएको थियो । ब्रुयनले कप्तान इल्केई गुन्डोगनको पासमा गोल गरेका हुन् । दोस्रो लेग अर्को आज सिटीको मैदानमा हुनेछ ।

    अर्को सेमिफाइनल खेलको पहिलो लेगमा आज (बुधबार) राति इन्टर मिलान र एसी मिलानबीच प्रतिस्पर्धा हुँदैछ । 

    बुधवार, बैशाख २७ २०८००४:२४:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार