बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेकपा सचिवालय बैठक पेरिसडाँडामा बोलाइयो 

नेकपा सचिवालय बैठक पेरिसडाँडामा बोलाइयो 

मेगा खबर संवाददाता

३१, भाद्र २०७७
  • 1.9K
    SHARES

  • नेकपा सचिवालय बैठक पेरिसडाँडामा बोलाइयो 

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शुक्रवार सचिवालय बैठक बोलाएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीचको बुधवारको छलफलले सचिवालय बैठकको मिति तय गरेको हो।

    नेकपा सचिवालय बैठक पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको स्रोतले जानकारी दिएको छ। एमाले र माओवादीबीच पार्टी एकता भएको २७ महिनामा पेरिसडाँडामा बैठक बस्न लागेको हो। एकताअघि पेरिसडाँडामा माओवादीको कार्यालय थियो।

    पार्टी एकताको घोषणासँगै दुबै अध्यक्षको कार्यकक्ष पेरिसडाँडामा पनि रहे पनि त्यसपछि  बैठकहरु बस्न सकेको छैन्। केही औपचारिक बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको थियो । पेरिसडाँडामा जनवर्गीय संगठनका कार्यक्रमहरु हुँदै आएका थिए।

    सचिवालय बैठकको एजेण्डाबारे भने जानकारी गराइएको छैन। अध्यक्षद्वयबीच पार्टी एकताका बाँकी काम टुंगो सचिवालय बैठकमा पार्टीको बाँकी रहेको एकताका विषयमा छलफल हुनेछ ।

    बुधवार, भाद्र ३१ २०७७०४:५२:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार