बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

मेगा खबर संवाददाता

३१, भाद्र २०७७
  • 1.5K
    SHARES

  • फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

    काठमाडौं । नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई छनोट गरेको हो ।

    उनले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराएका थिए । आई लिगका लागि परियार बिहीबार भारत जाँदै छन् । 

    परियार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुन् । उनले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम (एनआरटी) बाट खेलेका थिए ।

    परियार गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए ।

    अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध भएका थिए । 

    बुधवार, भाद्र ३१ २०७७०४:०४:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार