बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधि रियल म्याड्रिडले जिते

कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधि रियल म्याड्रिडले जिते

मेगा खबर संवाददाता

२४, बैशाख २०८०
  • 814
    SHARES

  • कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधि रियल म्याड्रिडले जिते

    कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधि रियल म्याड्रिडले जितेको छ । रियलले सन् २०१४ पछि पहिलो पटक कोपा डेल रेको उपाधि उचालेको हो । शनिबार राति खेलिएको फाइनलमा रियलले ओसासुनालाई २—१ गोलले हराउँदै उपाधि चुमेको हो ।

    रियलको जितमा रोड्रिगो नायक बने । टोलीलाई उपाधि दिलाउन दुबै गोल उनले नै गरेका थिए । फाइनल खेल सेभिलमा खेलाइएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै रोड्रिगोले टोलीका लागि पहिलो गोल गरेका थिए ।

    रोड्रिगोले कोपा डेल रेको फाइनलमा गरेको गोल १७ वर्षयता कुनै पनि खेलाडीले सबैभन्दा छिटो गरेको गोल पनि हो । सोही गोलका कारण पहिलो हाफमा रियल १—० ले अगाडि रह्यो । निर्धारित समयको ५८औं मिनेटमा ओसासुनाका लुकास टोरोले जवाफी गो फर्काएका थिए ।

    टोरोको गोलपछि खेल थप रोमाञ्चक बन्न पुगेको थियो । त्यसपछि खेलको ७०औं मिनेटमा २२ वर्षीय ब्राजिलियन खेलाडी रोड्रिगोले नै अर्को गोल थप्दै रियललाई उपाधि दिलाए । रोड्रिगोको उक्त गोलसँगै ओसासुनाले आफ्नो १ सय ३ वर्ष लामो इतिहासमा पहिलो महत्वपूर्ण उपाधि जित्ने अवसर पनि गुमाउनु पर्यो ।

    ओसासुनाले केवल दोस्रो पटक कोपा डेल रेको फाइनल खेलेको हो । रियलले भने २०औं पटक कोपा डेल रेको उपाधि जितेको हो । स्पेनको निकै पुरानो प्रतियोगितामध्येको एक कोपा डेल रेको उपाधि सबैभन्दा बढी पटक जित्ने क्लब भने बार्सिलोना हो । बार्सिलोनाले हालसम्म ३१ पटक कोपा डेल रेको उपाधि जितेको छ ।

    सर्वाधिक उपाधि जित्ने क्लबको सूचिमा दोस्रो स्थानमा रहेको एथलेटिक बिल्बाओले भने २३ पटक उपाधि हात पारेको छ ।  

    आइतवार, बैशाख २४ २०८००७:२६:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार