बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कलाकार रियाशा दाहाल र भिक्टरले यसरी गरे बिहे

कलाकार रियाशा दाहाल र भिक्टरले यसरी गरे बिहे

मेगा खबर संवाददाता

२०, बैशाख २०८०
  • 1.4K
    SHARES

  • कलाकार रियाशा दाहाल र भिक्टरले यसरी गरे बिहे

    काठमाडौं, वैशाख २०

    मोडल तथा कलाकार रियाशा दाहाल र ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेल विवाह बन्धनमा बाँधिएका छन् ।

    तीन वर्षदेखि प्रेममा रहेका उनीहरूले मंगलबार भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा बिहे गरे । उनीहरूको वैवाहिक समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पनि सहभागी भएका थिए । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र काठमाडौँको गोलढुंगा निवासी भिक्टर झन्डै ३ वर्षदेखि गुपचुप प्रेम सम्बन्धमा थिए । 

    युट्युबमा प्रसारण हुने भिडिओ सिरिज ‘आजकालको लभ’बाट चर्चामा आएकी रियाशा पछिल्लो समय टेलिचलचित्र ‘गाह्रो छ हो’मा काम गरिरहेकी छन् । रियाशाले थुप्रै म्युजिक भिडिओमा पनि काम गरेकी छन् । भिक्टर चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का संस्थापक हुन् । 

    बुधवार, बैशाख २० २०८००४:३०:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार