काठमाडौँ,देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
देशका पहाडी भू-भागमा चट्याङ्ग सहित मध्यम वर्षा वर्षाको सम्भावना छ । आज राति देशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।