काठमाडौँ, बैशाख १९
नेपालका लेग स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।
मंगलबार सकिएको फाइनलमा सन्दीप प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका हुन् । प्रतियोगिताभर सन्दीपले ५ खेलमा १३ विकेट लिएका थिए । ब्याटिङमा ४२ रन बनाए ।
प्रतियोगिताको उत्कृष्ट बलर ओमानका विलाल खान बने । बिलालले १७ विकेट लिएका थिए। यूएईका वृत्य अरविन्द उत्कृष्ट ब्याटर बने । उनले प्रतियोगिताभर ४ सय ५४ रन बनाएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।