बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, एसिया कपमा छनोट

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, एसिया कपमा छनोट

मेगा खबर संवाददाता

१९, बैशाख २०८०
  • 784
    SHARES

  • एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, एसिया कपमा छनोट

    काठमाडौँ, बैशाख १९

    एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो । 

    उक्त जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ ।

    फाइनल खेलमा नेपालले जितका लागि १ सय १८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ३३ ।१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो । घरेलु मैदानमा हजारौंसमर्थकको साथ पाएको नेपालका लागि गुलशन झा र रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गरे ।

    गुलशन झाले अविजित ६७ रन बनाए । उनले ८४ बलको सामना गरी ६ छक्का र ३ चौका हिर्काए । रोहित पौडेलले अविजित ३६ रनको योगदान गरे । त्यसअघि पाहुना टोली यूएई १ सय १७ रन बनाउँदै अलआउट भएको थियो । 

     

    मंगलवार, बैशाख १९ २०८०१२:२४:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार