काठमाडौँ, बैशाख १९ एसिसी प्रिमियर कपअन्तर्गत युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको छ ।
नेपालका कुशल भुर्तेललाई १,२ ओभरमा युएईका रोहान मुस्ताफाले १ रनमा एलबिडब्लूको धरापमा पारेका छन् । सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका हुन् । आयाल अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए । सात ओभरको अन्त्यमा नेपालले २ विकेटको क्षतिमा २१ रन बनाएको छ ।
यसअघि दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर रोहन मुस्तफाको शिकार बनेका थिए । पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार यूएईले २७,३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । आज ‘रिजर्भ डे’ को खेलमा ११ रन थप बनाउँदै यूएई ३३,१ ओभरमा अलआउट हुन पुग्यो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।