बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

निरन्तर वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको फाइनल खेल आज हुँदै

निरन्तर वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको फाइनल खेल आज हुँदै

मेगा खबर संवाददाता

१९, बैशाख २०८०
  • 871
    SHARES

  • निरन्तर वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको फाइनल खेल आज हुँदै

    काठमाडौँ, निरन्तर वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ ।

    हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो । आज बिहानै ९ बजेदेखि सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । सोमबार यूएईले २७,३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि  खेल रोकिएको थियो । 

    टस हारेर ब्याटिङ गरेको यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लाक्राले १३ तथा मुहमद वसिमले ११ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिए । गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिए । 

    मंगलवार, बैशाख १९ २०८००६:४९:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार