काठमाडौँ, बैशाख १८
वर्षाका कारण नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल खेल आजका लागि रोकिएको छ ।
मंगलबार बिहान ९ बजेदेखि अब बाँकी खेल जारी हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । यूएईले २७,३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि आजको खेल रोकिएको थियो ।
टस हारेर ब्याटिङ गरेको यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लाक्राले १३ तथा मुहमद वसिमले ११ रन बनाएको छ ।
नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिए । गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।