काठमाडाैँ, बैशाख १८
एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल फेरि वर्षाले रोकिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७,३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोड्द खेल वर्षाले रोकिएको हो ।
युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे । उनलाई आठौं विकेटको रुपमा नेपालका ललितनारायण राजवंशीले आरिफ शेखबाट क्याच गराए । लगत्तै ललितले जहूर खानलाई शून्यमा आउट गरे । नेपालका लागि सन्दीप लामिछानले सातौं विकेट लिए । उनले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए । त्यसअघि गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरेका छन् ।
युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए । वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे । वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए । वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गरे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।