काठमाडाैँ, बैशाख १४
एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध पाँचौँ विकेट गुमाएको छ ।
खेलको १७,२ ओभरमा कुशल मल्ल आउट भएका हुन् । त्यसअघि कप्तान रोहित पौडेल १६ औँ ओभरमा २७ रन बनाएर आउट भएका थिए ।
यसअघि १३ औँ ओभरमा ओपनर आसिफ शेख १९ रन बनाएर आउट भएका थियो । इकरामुल्लाह खानको बलिङमा उनी पनि क्याच आउट भए । कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । नेपालले ९ रनमा दुई विकेट गुमाएको थियो ।
दोस्रो ओभरमा कुशल भुर्तेल २ रन बनाएर आउट भए भने चौथो ओभरमा भीम सार्की ६ रन बनाएर आउट भए । दुवै विकेट गायान मुनाविराले लिएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।