बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्व.बोगटीलाई सम्झदै प्रचण्ड

स्व.बोगटीलाई सम्झदै प्रचण्ड

मेगा खबर संवाददाता

३०, भाद्र २०७७
  • 1.7K
    SHARES

  • स्व.बोगटीलाई सम्झदै प्रचण्ड

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्वसहकर्मी पोष्टबहादुर बोगटीप्रति श्रद्धान्जली अर्पण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तस्बिरमा माल्यार्पण गरेर उनले सम्झिएका हुन्।

    पूर्व माओवादी नेतासमेत रहेका बोगटीको २०७१ भदौ ३० गते हृदयाघातबाट निधन भएको थियो।निष्ठाको राजनीति गरेका बोगटीको छैटौं स्मृति दिवसको उपलक्ष्यमा प्रचण्डसहित परिवारका सदस्यले तस्बिरमा माला लगाएर सम्झिएका थिए।

    बोगटीको स्मृतिमा वृहत कार्यक्रम राख्ने गरिएकोमा यसपटक कोरोना महामारीका कारण भीडभाड नगरी कार्यक्रम गरिएको हो। बोगटीले तत्कालीन माओवादीमा प्रचण्डका अत्यन्तै निकट भएर काम गरेका थिए। बेला(बेला पार्टीमा अप्ठ्यारो पर्दा प्रचण्डले बोगटीलाई सम्झिने गरेका छन् ।

    मंगलवार, भाद्र ३० २०७७०१:११:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार