रञ्जना राई
काठमाडौं, बैशाख ५
उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका द्वारा कटुवाल भञ्ज्याङ( राईचोक) मा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिता टिम बास्वोटेले टिम 'बी'' ताम्लिछालाई २ गोलले पराजित गर्दै पहिलो स्थान हासिल गरेको छ ,टिम 'बी' ताम्लिछा दोस्रो र तेस्रो स्थान पनि टिम 'ए' ताम्लिछाले हासिल गरेको उक्त पालिकाका युवा तथा खेलकुदका अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिए ।
खेलमा वडाका ५ टिम र आयोजक कर्मचारी १ गरि ६ टिम सहभागी भएको हो । उक्त खेलमा टिम 'बी' ताम्लिछाले १ गोल र टिम बास्बोटेले ३ गोल गर्दै २ १ ले पराजित गरी पहिलो स्थान सुनिश्चित गरेको हो । तेस्रो खेल टिम 'ए'ताम्लिछा र कर्मचारी बीच हुदा कर्मचारी टिमलाई ९ शुन्यले पराजित गर्दै तेस्रो स्थान हासिलगरेको बुढाथोकीले बताए ।
पहिलो स्थान हासिल गर्ने सखेलाडीहरूले ५० हजार नगद र प्रमाणपत्र ,सिल्ड, मेडल दोस्रोले ३० हजार र तेस्रोले २० हजार सिल्ड, मेडल साथमा प्रमाणपत्र पाउनेछन । भलिबल प्रतियोगिताको अन्तिम चरण पनि आजै हुने भएकोले भलिबल खेल पश्चात् दुबै खेलको पुरस्कार संगै वितरण गर्ने अध्यक्ष बुढाथोकीले जानकारी दिए । गत शुक्रबारदेखि सुरु भएको हाटबजार र खेलकुद प्रतियोगिता आज समापन हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।