बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आर्सनल र वेस्ट हामको बराबरीमा रोकियो

आर्सनल र वेस्ट हामको बराबरीमा रोकियो

मेगा खबर संवाददाता

४, बैशाख २०८०
  • 826
    SHARES

  • आर्सनल र वेस्ट हामको बराबरीमा रोकियो

    काठमाडौं, वैशाख ४

    सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इङ्लिस प्रिमियर लिगको शीर्षटोली आर्सनल वेस्ट हाम युनाइटेडसँग बराबरीका रोकिएको छ ।

    सोमबार राति भएको खेलमा आर्सनलले वेस्ट हामसँग उसैको मैदानमा २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । आर्सनलका लागि गाब्रियल जेससले सातौँ र मार्टिन ओडेगार्डले १०औँ मिनेटमा गोल गरे । वेस्ट हामका सेड मेनरहमाले ३३औँ र जारोड वोवेनले ५४औँ मिनेटमा गोल गरेका थिए ।

    यसअघि ५२औँ मिनेटमा आर्सनलले पेनाल्टीको अवसर गुमाएको थियो । बुकायो साका पेनाल्टीमा चुकेपछि आर्सनल दबाबमा परेको थियो । बराबरीसँगै आर्सनलले शीर्षस्थानमा चार अङ्कको अग्रता बनाएको छ । आर्सनलको ३१ खेलबाट ७४ अङ्क छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७० अङ्क छ । सिटीले एक खेल कम खेलेको छ । ३० खेलबाट ३१ अङ्क बनाएको वेस्ट ह्याम १५औँ स्थानमा छ । 

    अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फिरेस्टलाई २–० गोलले हरायो । युनाइटेडको जितका एन्टोनीले ३२औँ र डिओगो डालोटले ७६औँ मिनेटमा गोल गरे । जितसँगै तेस्रो स्थानमा उक्लिएको युनाइटेडले ३० खेलबाट ५९ अङ्क बनाएको छ । पराजित नटिङ्घम २७ अङ्कसहित १८औँ स्थानमा छ ।  

    सोमवार, बैशाख ४ २०८००४:३८:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार