रञ्जना राई
काठमाडौं,चैत्र ३०
उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकाले हामी मिलेर हाम्रो गाउँको विकास गर्छौं अवधारणा अन्तर्गत आउदै गरेका नयाँ वर्ष २०८० को अवसरमा गाउँपालिकाको केन्द्र बाराहा(कटुवाल भञ्ज्याङ राईचोक)मा बैशाख १ गते देखि ५ सम्म लिम्चुङबुङवासीले बृहत हाटबजार सञ्चालन गर्ने भएको छ उक्त हाटबजार प्रदेश सांसद माननीय नारायण बुर्जा मगर मार्फत समुदघाटन गर्ने पालिका अध्यक्ष मेजर कुमार राईले बताए ।
यो हाटबजार पालिकाबासीले उत्पादन गरेको तरकारी ,फलफुल , पशुपन्छी आदिको बिक्रीवितरणको लागि बजार ब्यबस्थापन सुररूवात गरेको बजार ब्यबस्थापक संयोजक कर्णशेर राईले बताए । यस गाउँपालिकामा अध्यक्ष कृषि परियोजना अगाडि बढाएको केहि समय भइसकेको छ । यस योजना अन्तर्गत उत्पादक कर्ता कृषकहरूले विभिन्न तरकारी र गोलभेडा उत्पादन गरिरहेका छन भने विभिन्न प्रजातिका एभोकाडो , ड्रागन फ्रुट ,सुन्तला , किवी कागती आदि फलफुलकाहरूको खेती सुरुवात गरेका छन । यो गाउँपालिकामा ५ वटा वडाहरू रहेका छन । पहाडी क्षेत्र र भोैगोलीक समस्या कारण कृषकले उचित बजार नपाएर समस्या भएकाले पालिकाले नै अब हाटबजार लगाउने योजना अगाडि सारेको संयोजक राईले बताए ।
उक्त हाटबजार संगै वडा स्तरीय फुटबल र अन्तर पालिका र नगरपालिका स्तरीय खुल्ला महिला तथा पुरूष भलिबल आयोजना गरेको युवा तथा खेलकुद समितिका अध्यक्ष मनोज बुढाथोकीले बताए । फुटबल उतिर्ण पहिलो पुरस्कार रासी ५० हजार , दाेस्रो ३० हजार , तेस्रो २० हजार । भलिबल तर्फ महिला र पुरूषलाई बराबर पुरस्कार रासी पहिलो १ लाख , दोस्रो ६०हजार , तेस्रो ४० हजार रहेको अध्यक्ष बुढाथोकीले बताए ।
लिम्चुङबुङको जनताले फरक ढंगले समृध्दि हासिल गर्ने सोचमा आधारित गरिरहेका विभिन्न आर्थिक कृयाकलापहरु हेर्न र लिम्चुङबुङको हाटबजार भ्रमण गर्न सम्पूर्ण महानुभावहरु आउनको लागि गाउँपालिका अध्यक्ष राईले अनुरोध गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।