काठमाडाैँ, चैत्र ३०
नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ गोरखा–जितगढी पदयात्रा सुरू गरेको छ ।
मुलुकका ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन गर्न यस्ता पदयात्रा र कार्यक्रमले ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ ।
पश्चिम पृतनापति उपरथी दीपककुमार बानियाँले बुधबार गोरखामा पदयात्रा शुभारम्भ गरेका थिए। पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच वटा गण तथा गुल्मका झण्डा समेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
तस्विरहरु



