काठमाडौँ, देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।
राति मौसम सामान्यतया सफा रहेपनि शुक्रबार भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।