बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रिमियर लिगमा चेल्सीको सानदार शुरुवात  

प्रिमियर लिगमा चेल्सीको सानदार शुरुवात  

मेगा खबर संवाददाता

३०, भाद्र २०७७
  • 1.9K
    SHARES

  • प्रिमियर लिगमा चेल्सीको सानदार शुरुवात  

    एजेन्सी  ।  लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार शुरुवात गरेको छ । प्रिमियर लिगको पहिलो खेलमा ब्राइटनमाथि ३–१ को सहज जित दर्ता गर्दै चेल्सीले विजयी शुरुवात गरेको हो ।  

    गएराती सम्पन्न खेलमा चेल्सीले ब्राइटनविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको छ । चेल्सीको जितमा जोर्जिन्हो, रीचे जेम्स र कुर्ट जोउमाले एक एक गोल गरेका थिए ।त्यस्तै ब्राइटनका लागि एक गोल लीनड्रो ट्रोसार्डले गरेका थिए । यस सिजनमा खेलाडी किन्न ठुलो रकम खर्च गरेको चेल्सीले टिमो वेर्नर, काइ हाभेर्टज जस्ता खेलाडीलाई भित्र्याएको थियो । 

    वेर्नरले आफ्नो प्रिमियर लिगको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए भने हाभेर्टज भने सब्सटिच्युटको रुपमा केहि समय मात्र खेलेका थिए । चेल्सीले अब आइतबार लिभरपुलविरुद्ध खेल्दै छ भने ब्राइटनले ईएफएल कप अन्तर्गत पोर्ट्समाउथविरुद्ध खेल्दै छ ।

     

    मंगलवार, भाद्र ३० २०७७०६:००:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार