काठमाडाैँ, चैत्र २१
टोट्टनहाम र एभर्टनले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ । सोमबार राति भएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए । खेलमा टोट्टनहामले सुरुवाती अग्रता बनाएपनि जोगाउन सकेन । टोट्टनहामका लागि हेरी केनले ६८औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको मनोबल उच्च बनाउनुभएको थियो ।
त्यसपछि एभर्टनले ९०औँ मिनेटमा बराबरी गोल फर्कायो । एभर्टनका माइकल किनले गोल गर्दै खेललाई बराबरीमा सक्नुभयो । यसअघि ५८औँ मिनेटमा एभर्टनका अब्दुलाए डोकुरेले रातो कार्ड पाउँदै बाहिरिएपछि एभर्टन १० खेलाडीमा समेटिएको थियो ।
यस्तै ८८औँ मिनेटमा लुकास मोउरा रातो कार्ड पाउँदै बाहिरिएपछि टोट्टनहामले पनि १० खेलाडीमा खेल सकेको थियो । बराबरीसँगै २९ खेलबाट ५० अङ्क बनाएको टोट्टनहाम चौथो स्थानमा छ ।
२७ अङ्क बनाएको एभर्टन १५औँ स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलको ७२ अङ्क छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६४ र तेस्रो स्थानमा रहेको न्युक्यासल युनाइटेडको पनि ५० अङ्क छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।