बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चलचित्र बोर्ड सदस्यमा केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त

चलचित्र बोर्ड सदस्यमा केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त

मेगा खबर संवाददाता

११, चैत्र २०७९
  • 1.1K
    SHARES

  • चलचित्र बोर्ड सदस्यमा केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त

    काठमाडौं, चैत ११ 

    चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन् । रिक्त रहेका तीनमध्ये दुई पदमा निर्देशक केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त हुनुभएको हो ।

    शुक्रबार सदस्यको हैसियतले बोर्डमा पदभार ग्रहण गर्दै सदस्य अधिकारीले चलचित्र विकासका लागि काम गर्ने बताउनुभयो । “पत्रकारिता र चलचित्र निर्माणबाट संगालेको अनुभवले यहाँ काम गर्नेछु, बाहिर हुँदा देखेको समस्यालाई समाधान गर्ने स्थानमा पुगेको छु”, सदस्य अधिकारीले भन्नुभयो । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँहरुलाई दुई वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    नेपाल पत्रकार महासङ्घ दाङ शाखाका पूर्वअध्यक्षसमेत रहनुभएका सदस्य बुढाथोकीले थारु भाषाको चलचित्र ‘भुइँयार’ र ‘लावाजुनी’को निर्देशन गर्नुभएको छ । चलचित्र पत्रकार सङ्घ नेपालको चितवन शाखाका निवर्तमान अध्यक्षसमेत रहनुभएका अधिकारी विगत डेढ दशकदेखि मनोरञ्जन पत्रकारितामा सक्रिय हुनुहुन्छ । अधिकारीले ‘पञ्चायत’ र ‘बाबु कान्छा’ निर्माण गर्नुभएको छ । बोर्डमा अझै एक सदस्य र केन्द्रीय चलचित्र जाँच समितिमा तीन सदस्य नियुक्त हुन् बाँकी छ ।  

    शनिवार, चैत्र ११ २०७९०३:२६:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार