काठमाडौं, चैत ८,
बागमती प्रदेशसभाको बैठक चैत १० गते बस्ने गरी सारिएको छ । यहि बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेस सांसद अनुपस्थित हुने भएपछि १० गते बस्ने गरी सारिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले अब प्रदेशसभाको बैठक चैत १० गते दिउँसो १ बजे बस्ने जनाए । आजै मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबिच भएको छलफलपछि प्रदेशसभा बैठक सार्ने निर्णय भएको उनले बताए ।
आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो । आफूहरुसँग सल्लाह नगरी विश्वासको मतसम्बन्धी प्रस्तावबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित हुन नसक्ने जनाएको थियो ।
आजै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार रहेको तर त्यसअघि केही विषयमा छलफल गर्न आवश्यक रहेको ठहर गरेको थियो । कांग्रेसले चैत १० मा प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्रीलाई प्रस्तावसमेत गरेको थियो । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले समामुखसँग भेट गरी आजको बैठक स्थगित भएको घोषणा गर्न सुझाव समेत दिएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।