बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित

आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित

मेगा खबर संवाददाता

६, चैत्र २०७९
  • 853
    SHARES

  • आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित

    काठमाडाैँ, चैत्र ६

    उपाधि दौडमा रहेको आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ ।

    घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ४-१ गोलले हरायो । आर्सनलको फराकिलो जितमा बुकायो साकाले दुई गोल गरे । गाब्रियल मार्टिनेली र ग्रानिट झाँकाले एक एक गोल गरे । क्रिस्टलका  जेफरे स्कलपले सान्त्वना गोल फर्काए ।

    मार्टिनेलीले २८औं मिनेटमा गोल गर्दै आर्सनलको उत्साह जगाए । ४३औं मिनेटमा बुकायो साकाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । झाँकाले ५५औं मिनेटमा गोल गर्दै आर्सनललाई थप बलियो बनाए । त्यसपछि ६३औं मिनेटमा जेफरेले गोल गर्दै क्रिस्टललाई खेलमा फर्काउने प्रयास गरे । बुकायो साकाले ७४औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई सानदार जित दिलाए । यस जितसँगै आर्सनलले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको छ ।

    २८ खेल सकेको आर्सनलको ६९ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ६१ अंकसहित दोस्रो स्थानमा छ । पराजित क्रिस्टल २७ अंकसहित १२औं स्थानमा छ । 

    सोमवार, चैत्र ६ २०७९१०:५५:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार