बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

स्ववियु निर्वाचन आज : बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान

स्ववियु निर्वाचन आज : बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान

मेगा खबर संवाददाता

५, चैत्र २०७९
  • 1.1K
    SHARES

  • स्ववियु निर्वाचन आज : बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान

     काठमाडाैँ, चैत्र ५

    त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ । 

    त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा.पशुपति अधिकारीका अनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म विद्यार्थीले आफ्नो प्रतिनिधि चयन गर्न सक्नेछन् । शुक्रबारसम्म दुईवटा आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त सयौँ कलेज÷क्याम्पसमा युनियन निर्विरोध गठन भइसकेको अधिकारीले बताए ।

    समन्वय समितिले निर्वाचन सम्पन्न नहुन्जेलसम्म विद्यार्थी,कर्मचारी,प्राध्यापक सबैलाई जिम्मेवार भएर आचारसंहिता पालना गर्न आग्रह समेत गरेको छ ।     

    आइतवार, चैत्र ५ २०७९०७:०९:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार