बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी

चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी

मेगा खबर संवाददाता

५, चैत्र २०७९
  • 1.1K
    SHARES

  • चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी

     काठमाडाैँ, चैत्र ५

    नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । हिजो सम्पन्न सङ्घको १९ औँ महाधिवेशनमा निरौलाले प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले पछि पार्दै विजयी हासिल गरेका छन् ।

    कुल खसेको ४६८ मत मध्ये मोहनले २३५ मत पाउँदा उप्रेतीले २०९ प्राप्त गरिन् । उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी हुँदा महासचिव सविन श्रेष्ठ र सचिवमा रामेश्वर बुर्लाकोटी चुनिएका छन् ।

    कोषाध्यक्षमा सुनिल कटुवाल विजयी हुँदा सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् । १० जना सदस्यहरूमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’उद्धव प्रसाद भट्टराई, पवन केसी,नम्रता खरेल, पुकार भट्टराई, खुम्बु खड्का, सरिता राधोपाध्याय,रोशन श्रेष्ठ र समीर लामा विजयी भएका छन् ।  

    आइतवार, चैत्र ५ २०७९०६:५४:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार