काठमाडौँ, चैत्र २
देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा अपराह्नतिर चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति मधेस,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने महाशाखाको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।