बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

महिला फुटबल टोली आज फर्कियो स्वदेश

महिला फुटबल टोली आज फर्कियो स्वदेश

मेगा खबर संवाददाता

३०, फाल्गुण २०७९
  • 1.0K
    SHARES

  • महिला फुटबल टोली आज फर्कियो स्वदेश

    काठमाडौं, फागुन ३०

    प्यालेस्टाइनमा सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली आज बिहान स्वदेश फर्किएको छ ।

    छनोट खेलको समूह ‘बी’ मा रहेको नेपालले लगातार दुई खेल जित्दै दोस्रो चरणमा स्थान बनाएको छ । नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० र दोस्रो खेलमा नर्दन मारियानालाई  पनि ६–० गोलले हराएको थियो । संयुक्त अरब इमिरेट्स (युएई) ले यस समूहबाट अन्तिममा नखेल्ने घोषणा गरेको थियो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले स्वागत गरेका समेत थिए ।

    पहिलो चरणबाट आठ समुहका शीर्ष टोली दोस्रो चरणमा प्रवेश र्गेछन् । दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ तारिखसम्म हुनेछ । दोस्रो चरणमा नेपालसहित चीन, अष्ट्रेलिया, लेवनान, चाइनिज ताइपेइ, भियतनाम, म्यानमार र इरान प्रवेश गरेका छन् ।

    दोस्रो चरणमा प्रवेश गरेका आठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । यसबाट उत्कष्ट चार टोलीले सन् २०२४ मार्च ३ देखि १६ तारिखसम्म उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछन् ।

     

    मंगलवार, फाल्गुण ३० २०७९११:१२:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार