बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

 सांसद रेशमलाल चौधरीलाई यथाशीघ्र रिहा गर्न जसपाको माग

 सांसद रेशमलाल चौधरीलाई यथाशीघ्र रिहा गर्न जसपाको माग

मेगा खबर संवाददाता

२९, भाद्र २०७७
  • 3.5K
    SHARES

  •  सांसद रेशमलाल चौधरीलाई यथाशीघ्र रिहा गर्न जसपाको माग

    काठमाडौं । जेलमा रहेका सांसद रेशमलाल चौधरीलाई यथाशीघ्र रिहा गर्न जनता समाजवादी पार्टी (जसपा)ले सरकारसँग माग गरेको छ । आइतबार जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै आफ्ना पार्टीका सांसद चौधरीलाई रिहा गर्न माग गरेका हुन् ।

    सांसद चौधरीलगायतका आफ्ना नेता कार्यकर्तामाथि सरकारद्वारा लगाइएका झुटा मुद्दा खारेजीको माग जसपाले सरकार समक्ष गरेका छन् । मधेस र थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्वारा झुटा मुद्दा चलाउने, धन सम्पत्ति रोक्का गर्ने, थुनामा राख्ने कार्य अझैसम्म पनि जारी रहेको उल्लेख गर्दै जसपा अध्यक्षद्वय ठाकुर र यादवले कडा आपत्ति जनाएका छन् ।

    सोमवार, भाद्र २९ २०७७०९:१७:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार