बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आर्सनललाई पाँच अंकको अग्रता

आर्सनललाई पाँच अंकको अग्रता

मेगा खबर संवाददाता

२९, फाल्गुण २०७९
  • 1.1K
    SHARES

  • आर्सनलले फुलहममाथि ३–० को सहज जीत हासिल गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता कायम राखेको छ । 

    आइतबार साँझ भएको खेलमा आर्सनलले सबै गोल खेलको पहिलो हाफमा नै गरेको थियो । डिफेन्डर ग्याब्रियलले खेलको २१ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाए ।

    लगत्तै ग्याब्रिएल मार्टिनेलीले टोलीको अग्रता दोब्बर बनाए । यो सिजन लिगमा उनको यो १२ औँ गोल थियो । पहिलो हाफको इन्जुरी समयमा कप्तान मार्टिन ओडेगार्डले तेस्रो गोल गरे ।

    तीन गोलको अवसर लियान्ड्रो ट्रोसार्डले सिर्जना गरेका थिए । जीतसँगै आर्सनलको २७ खेलबाट ६६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको सिटीको ६१ अंक छ । 

    सोमवार, फाल्गुण २९ २०७९०६:४९:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार