बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विश्वकप लिग-२: पीएनजीले यूएईलाई दियो २४७ रनको लक्ष्य

विश्वकप लिग-२: पीएनजीले यूएईलाई दियो २४७ रनको लक्ष्य

मेगा खबर संवाददाता

२६, फाल्गुण २०७९
  • 1.1K
    SHARES

  • विश्वकप लिग-२: पीएनजीले यूएईलाई दियो २४७ रनको लक्ष्य

    क्रिकेट विश्वकप लिग-२ मा शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यु गिनी (पीएनजी) ले युनाइटेड अरब इमिरेट्स(यूएई) लाई २४७ रनको विजयी लक्ष्य दिएको छ ।

    पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनाएको हो । पीएनजीका लागि सेसे बाउले नटआउट रहँदै सर्वाधिक ८१ रन बनाए । १०६ बल सामना गरेका उनले १० चौका प्रहार गरे । त्यस्तै ओपनरद्वय हिरी हिरी र किप्लिन डोरिगाले क्रमश: ७७ र ५५ रन बनाए । अन्य ब्याटरले भने उल्लेख्य रन जोड्न सकेनन् ।

    यूएईका लागि आयन खानले १० ओभरमा ३ ओभर मेडन राख्दै ३४ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै जुनैद सिद्दीकी र जहूर खानले २२ विकेट तथा रोहन मुस्तफा र कार्तिक मेइअप्पनले ११ विकेट लिए ।

    विश्वकप लिग २ मा सबै ३६ खेल खेलेको स्कटल्यान्ड ५०, ओमान ४४, नामिबिया ३९ र अमेरिका ३५ अंकसहित पहिलो चार स्थानमा छन् । सात राष्ट्र सहभागी लिग २ को शीर्ष तीन टोलीले सिधै विश्वकप छनोटमा स्थान पाउने छ भने शीर्ष ५ टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ । नेपाल बाँकी तीन खेल जित्ने हो भने शीर्ष ३ राष्ट्रमा पर्नेछ । नेपालले आइतबार यूएई, सोमबार पीएनजी र फेरि यूएईसँग बिहीबार खेल्दै छ । यूएई ३२ खेलमा ३१ अंकसहित छैटौ स्थानमा छ । पीएनजी ३३ खेलमा ९ अंकसाथ पुछारमा छ ।

    नेपाल ३३ खेलमा ३४ अंक बटुल्दै पाँचौं स्थानमा छ । नेपालले बाँकी रहेको तीन खेलमा एक जित हात पारेमा उक्त मान्यता कायम राख्नेछ । 

    शुक्रवार, फाल्गुण २६ २०७९०२:०१:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार