बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड,पिएसजीको लगातार हार

नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड,पिएसजीको लगातार हार

मेगा खबर संवाददाता

२९, भाद्र २०७७
  • 1.6K
    SHARES

  • नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड,पिएसजीको लगातार हार

    काठमाडौं । फ्रेन्च लिग वानअन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) र मार्सेलीबीचको खेलको दोस्रो हाफको इन्जुरी टाइममा दुवै टिमका खेलाडी झगडामा उत्रिएका छन् । झगडामा उत्रिएका कारण दुवै टिमका गरी पाँच खेलाडीलाई रातो कार्ड देखाइएको छ।

    जसमा लिग वानको साविक विजेता पिएसजीका नेइमारसहित तीन खेलाडीले रातो कार्ड पाए। नेइमारसँगै पिएसजीका कुर्जावा र पारेडेसले रातो कार्ड पाएका थिए । यस्तै मार्सेलीका अमाभी र बनेडेटोले पनि रातो कार्ड पाए।

    रातो कार्ड पाएर मैदान छाड्दै गर्दा ब्राजिलियन फरवार्ड नेइमारले फोर्थ अफिसियलमाथि जातीय टिप्पणी गरेको बताइएको छ । नेइमारले मार्सेलीका अल्भारो गोन्जालेजलाई इन्जुरी टाइममा पञ्च हानेपछि झगडा सुरु भएको थियो। रेफ्रीले भारमार्फत रिप्ले हेर्दै नेइमारलाई सिधा रातो कार्ड देखाएका थिए।

    पञ्च हानेपछि पनि नेइमारले गोन्जालेजलाई पछाडिबाट टाउकोले हानेको देखिएको थियो। त्यसपछि दुवै टिमका खेलाडी एकअर्काविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका थिए।

    नेइमारको हर्कतपछि मार्सेलीका बनेडेटोलेले पिएसजीका पारेडेसलाई पछाडिबाट धकेलेका थिए। लगत्तै उनले पनि बनेडेटोलाई प्रहार गरेका थिए। एजेन्सी

    सोमवार, भाद्र २९ २०७७०८:०३:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार