बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यूएईमाथि पीएनजीको सहज जित

यूएईमाथि पीएनजीको सहज जित

मेगा खबर संवाददाता

२१, फाल्गुण २०७९
  • 1.4K
    SHARES

  • यूएईमाथि पीएनजीको सहज जित

    आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले घरेलु टोली यूएईमिथि सहज जित निकालेको छ ।

    आइतबार भएको खेलमा पीएनजीले यूएईलाई ५ विकेटले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दुबईले दिएको ९८ रनको लक्ष्य पछ्याएको पीएनजीले २६ ओभर ५ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । पीएनजीका लागि टोनी उराले सर्वाधिक ३५ रनको योगदान गरे । सेसे बाउले १८ रन बनाउँदा हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    बलिङतर्फ यूएईका लागि रोहन मुस्तफाले दुई विकेट लिए । जुनाइद सिद्धगी, जाहोर खान र आयान खानले एक–एक विकेट लिए । यसअघि पीएनजीका बलर राइली हिरुकेको सानदार बलिङमा यूएईले ९८ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट हुँदै ९७ रन मात्र बनायो ।

    यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९ रन बनाए । आसिफ खानले ११ तथा कप्तान सीपी रिजवानले १० रन बनाए ।

    पीएनजीका लागि राइलि हिरुकेले सर्वाधिक ५ विकेट हात पारे । जितसँगै पीएनजीको ३२ खेलमा ९ अंकका साथ पुछारमा छ । 

    आइतवार, फाल्गुण २१ २०७९०४:३४:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार