सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र उनापानी गाउँका करिब ६०० घरधुरीका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासी र टाढा रहेका आफन्तसँग सम्पर्क गर्न नपाएको उनीहरुको गुनासो छ ।
तीन हप्तादेखि टावरमा समस्या आएपछि मर्मतका लागि टेलिकम शाखा सिमकोटमा बारम्बार जानकारी गराउँदा पनि कुनै वास्ता नगरिएको रिप गाउँका वीरजन महताराले बताए । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।