बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आईसीसी यू–१९ विश्वकप लिग टू : नेपालले युएईसँग भिड्दै

आईसीसी यू–१९ विश्वकप लिग टू : नेपालले युएईसँग भिड्दै

मेगा खबर संवाददाता

१८, फाल्गुण २०७९
  • 1.4K
    SHARES

  • आईसीसी यू–१९ विश्वकप लिग टू : नेपालले युएईसँग भिड्दै

    काठमाडाैँ, फागुन १८

    आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । अजमानस्थित इर्डेन गार्डेन ओभलमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार १०ः४५ मा सुरु हुनेछ ।

    लगातार ४ खेलमा जित निकालेको नेपाल आजको खेलमा पनि सहज जित निकाल्दै विश्वकपमा छनोट हुने योजनामा छ । ४ खेल खेलेका दुवै टोलीको समान अंक छ । यूएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

    नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल २०१६ पछि यू–१९ विश्वकप खेल्ने योजना बनाउने योजनामा छ ।

    आजको खेलमा नेपाललाई सहज जितको अपेक्षा हुनेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुवेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागिता छ । 

    बिहिवार, फाल्गुण १८ २०७९१०:१९:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार