बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछाने यूएई प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछाने यूएई प्रस्थान

मेगा खबर संवाददाता

१७, फाल्गुण २०७९
  • 1.4K
    SHARES

  • नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछाने यूएई प्रस्थान

    काठमाडौँ,

    नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछाने यूएई प्रस्थान गरेका छन् । आईसीसी क्रिकेट विश्वकप 'लिग टू'मा सहभागिताको उद्देश्यसहित सन्दीप यूएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जानकारी दिए ।

    आज यूएई प्रस्थान गरेका सन्दीपले यूएई र पीएनजीविरुद्ध जारी सिरिजमा मौसम ढकाललाई प्रतिस्थापन गर्ने क्यानले फेसबूकमार्फत जानकारी दिएको छ ।

    रिजर्भमा रहेका सन्दीपलाई १४ सदस्यीय टोलीमा समावेश गर्न क्यानले आईसीसीसँग आग्रह गरेको थियो । नेट प्राक्टिसका क्रममा घाइते भएका ढकाललाई सन्दीपले प्रतिस्थापन गर्ने क्यानले जनाएको छ ।​ टीममा कुनै सदस्य घाइते भएमा रिजर्भमा रहेका खेलाडीलाई समावेश गर्न पाउने व्यवस्था छ । नेपालले बिहीवार र सोमवार यूएई तथा शुक्रवार पीएनजीविरुद्ध खेल्दैछ ।

    उच्च अदालत पाटनले विदेश जान रोक लगाएका कारण सन्दीप टीमका अन्य सदस्यसँग यूएई जान पाएका थिएनन् । 

    बुधवार, फाल्गुण १७ २०७९०४:२८:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार