काठमाडाैँ, फागुन १७
सर्वोच्च अदालतले विदेश जान लागेको यसअघिको रोक खुला गरिदिए पछि क्रिकेटर सन्दीप लामिछानेले युएईको तयारी गरेका छन् ।
युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन् । नेपाल क्रिकेट सङ्घले लामिछानेको नाम खेलाडीको सूचीमा राखिसकेको छ ।
सो टिमका एक खेलाडी बिरामी भए पछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएको छ । कसको नाम हटाएको हो ? त्यो भने खुलाएको छैन । त्रिकोणात्मक सिरिज लिगमा युएई र पपुवा न्युगिनीलाई हराएर अपराजित हुँदै आएको नेपाल लामिछानेको आगमनसँग बलियो हुने अपेक्षा गरिएको छ ।
जारी खेलमा जीत हासिल गरेमा श्रीलङ्कामा हुने विश्वकप खेल्न नेपाली टोली पुग्नेछ । यसका लागि लामिछानेलाई आजै युएई लैजान खोजिएको क्यानका सहसचिव दुर्गा पाठकले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।