पल शाहको जन्मदिनको अवसर पारेर अभिनेत्री पूजा शर्मा कारागार पुगेकी छन् । आज पलको जन्मदिन दिन पारेर उनलाई भेट्न पूजा तनहुँ कारगार पुगेकी हुन् । पूजासँग निर्देशक शोभित बस्नेत पललाई भेट्न पुगेका छन् ।
पल शाहलाई सामाजिक सञ्जालबाट उनका हितैषी तथा फिलमकर्मीहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । पूजाले भने कारागारमै गएर पललाई जन्मदिनको शुभकामना दिएकी हुन् ।
पलसँग पूजाले ‘म यस्तो गीत गाउँछु’‘म यस्तो गीत गाउँछु २’मा स्क्रिन सेयर गरेकी छन् । यी दुईले थुप्रै म्युजिक भिडिओमा पनि सहकार्य गरेका छन् ।
पल र पूजा मिल्ने साथी हुन्। करिब एक वर्षअगाडि पल शाह नाबालिग बालात्कार अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका हुन् । नवलपुर जिल्ला अदालतले उनलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोगमा दोषी ठहर गर्यो। उनलाई साढे दुई वर्षको कैद सजाय तोकिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।